क्षतविक्षत सडकले सास्ती, स्वास्थ्य र शिक्षामा एनजीओको चार अर्ब « Khabarhub

क्षतविक्षत सडकले सास्ती, स्वास्थ्य र शिक्षामा एनजीओको चार अर्ब


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिल–जोरपाटी–साँखु सडकखण्डको नाजूक अवस्थालाई आजको राजधानी दैनिकले प्रमुख समाचारका रुपमा छापेको छ । ठेक्का पाएको तीन वर्षमा समेत १२.५ किमि सडकको अवस्था उस्तै, ८.५ किमि सडक बनिसक्नुपर्नेमा २०– ४० प्रतिशत मात्र काम सम्पन्न भएको उल्लेख गरेको छ भने सरकारको निर्देशन ठेकेदारले नटेरेको उल्लेख गरेको छ ।

त्यसैगरी पत्रिकाले ‘स्वास्थ्य र शिक्षमा एनजीओको चार अर्ब’ शीर्षकमा पहिलो पृष्ठमा अर्को समाचार छापेको छ । कागजमा प्रगति देखिए पनि व्यवहारमा नभएको उल्लेख गरेको छ । त्यसैगरी इजलासमा कानून व्यवसायलाई कडाइ गरिंदै शीर्षकमा अर्को समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले वैदेशिक रोजगारीको पीडालाई समेटेर एउटाको शव नआउँदै अर्को विदेशिन तयार शीर्षकमा पनि समाचार छापेको छ । पत्रिकाले सरकारको एक वर्षे अवधिबारे कांग्रेसको संस्थागत निर्णय तथा भेनेजुएला र अमेरिकाबीच दुई पटक बैठक शीर्षकमा पनि समाचार छापेको छ भने विश्वकै घुम्नैपर्ने पाँचौं स्थानमा काठमाडौं शीर्षकमा अर्को समाचार छापेको छ ।

त्यस्तै राजधानी दैनिकले ‘समयमै पुस्तक पठाऊ’ शीर्षकमा सम्पादकीय छापेको छ । नयाँ शैक्षिक सत्र २०७६ शुरु हुने बेला आइसकेको छ । अब मात्र आठ साता बाँकी छ । तर, नयाँ शैक्षिक सत्रमा विद्यार्थीका हातहातमा पुस्क पठाउने पाठ्यक्रम विकास केन्द्र र पाठ्यपुस्क छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्रले आफ्ना काम पूरा गर्न धेरै बाँकी रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ३० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण