कस्ता मान्छेले नङ टोक्ने गर्छन् ? « Khabarhub

कस्ता मान्छेले नङ टोक्ने गर्छन् ?


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नङले बाहिरी प्रभाव तथा संक्रमणहरुबाट औँलालाई बचाउने काम गर्छ । नियमित रूपमा बढ्ने नङ हरेक साता जसो काट्न योग्य हुन्छन् । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् । यति सम्मकी नङ टोकिरहँदा छालासम्म नै टोकिएर घाउ भएर रगत बग्ने गरेको समेत पाइन्छ ।

नङ टोक्नुको मनोवैज्ञानिक कारण
– मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिसले नङ टोक्ने गर्दछन् ।
– पट्यारलाग्दो अवस्था वा मानसिक रूपमा दिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन्
– सानैदेखि नङ टोक्ने बानी परेकाले पछिसम्म नङ टोकिरहन्छन्
– ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्छन् ।
– रिसलाई नियन्त्रणमा ल्याउन पनि मानिस नङ टोकेर शान्त बन्दछन् ।
– नङ चपाउनुको पछाडि मानिसमा भएको अतिवादी सोच, महत्वकाङ्क्षा र हीन भावना रहने गरेको मनोवैज्ञानिकहरूको ठहर छ ।
– काम नहुँदा वा मनोवैज्ञानिक रूपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।

नङ टोक्नु स्वास्थ्यका लागि कति हानिकारक ?
– नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको सङ्क्रमण हुन सक्छ । जसले नङ वरपरको छालाको कोषिकामा असर गर्छ ।
– नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने गर्छ त्यसले आन्द्रामा असर गर्छ।
हैजा–पखालाजस्ता सङ्क्रमण फैल्याउने इकोलाइ भाइरस नङबाट सर्न सक्ने सम्भावना हुन्छ ।
– नङमा भएको फोहोरका कारण पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ ।
– अत्यधिक नङ टोक्नेहरूमा पेपिलोमा भाइरस अथवा एचपीभीका कारण सङ्क्रमण फैलिने डर बढी हुन्छ, जसले गर्दा नङ र मुखमा गाँठा बन्छन् ।
– नङ पोलिस लगाएर नङ टोक्दा पोलिसमा भएको केमिकल शरीरभित्र गएर विभिन्न समस्या आउन सक्छन् ।
– धेरै नङ टोक्नेहरूमा श्वास गन्हाउने समस्या पनि हुन्छ ।
– नङ टोक्ने मानिसको नङको स्वरूप फेरिन सक्छ । नङ बाङ्गिने हुन सक्छ ।
– नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उप्किरहन्छ । जसले गर्दा रक्तस्राव हुन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : १० बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री