कांग्रेस महासमिति बैठक आज पनि जारी रहने, प्रतिवेदनमाथि छलफल सुरु हुने | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक आज पनि जारी रहने, प्रतिवेदनमाथि छलफल सुरु हुने


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन् ।

हिजोको बैठकमा उपसभापति खड्काले नीति, महामन्त्रीद्वय थापा र शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, प्रवक्ता महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी र श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

आज ती प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार पहिलो समूहमा कर्णाली र मधेश प्रदेश, दोस्रो समूहमा कोशी र सुदूरपश्चिम, तेस्रो समूहमा बागमती र गण्डकी तथा चौथो समूहमा भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समिति रहने छन् । प्रत्येक समूहमा ८० जनाले छलफलमा धारणा राख्नेछन् ।

हिजो प्रस्तुत प्रस्तावमा चुनावी गठबन्धनबारे महामन्त्रीद्वयका धारणा फरकफरक आएको थियो । महामन्त्री थापाले भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।

अर्का महामन्त्री शर्माले सो विषयमा निर्वाचन आउनुभन्दा चार वर्ष अघि नै छलफल गर्नु खासै आवश्यक विषय नभएको उल्लेख गरेका छन् । उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिनु सान्दर्भिक हुने जनाएका छन् ।

यो पनि…
भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ५३ बजे

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)