कांग्रेस महासमिति बैठक आज पनि जारी रहने, प्रतिवेदनमाथि छलफल सुरु हुने « Khabarhub

कांग्रेस महासमिति बैठक आज पनि जारी रहने, प्रतिवेदनमाथि छलफल सुरु हुने


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन् ।

हिजोको बैठकमा उपसभापति खड्काले नीति, महामन्त्रीद्वय थापा र शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, प्रवक्ता महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी र श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

आज ती प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार पहिलो समूहमा कर्णाली र मधेश प्रदेश, दोस्रो समूहमा कोशी र सुदूरपश्चिम, तेस्रो समूहमा बागमती र गण्डकी तथा चौथो समूहमा भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समिति रहने छन् । प्रत्येक समूहमा ८० जनाले छलफलमा धारणा राख्नेछन् ।

हिजो प्रस्तुत प्रस्तावमा चुनावी गठबन्धनबारे महामन्त्रीद्वयका धारणा फरकफरक आएको थियो । महामन्त्री थापाले भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।

अर्का महामन्त्री शर्माले सो विषयमा निर्वाचन आउनुभन्दा चार वर्ष अघि नै छलफल गर्नु खासै आवश्यक विषय नभएको उल्लेख गरेका छन् । उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिनु सान्दर्भिक हुने जनाएका छन् ।

यो पनि…
भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ५३ बजे

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र