भुर्तेलले लिए नामिबियाको पाँचौ विकेट « Khabarhub

भुर्तेलले लिए नामिबियाको पाँचौ विकेट


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई पाँचौ सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १०३ रन बनाउँदा आफ्नो ५ विकेट गुमाएको हो ।

नेपालका कुशल भुर्तेलले नामिबियाका कप्तान ग्रिर्हाड इरासमूसलाई ५२ रनमा करन केसीबाट क्याच आउट गराए । चौथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीले नामिबियाका जन फ्रिलिंकलाई ४ रनमा एलबीडब्लू आउट गराए ।

यसअघि तेस्रो विकेटको रुपमा नामिबियाका मिचेल भान ३१ रनमा आउट भएका थिए । कुशल मल्लको बलमा अगाडी बढेर सट हान्न खोजेका मिचेललाई विकेटकिपर आसिफ सेखले आउट गराए ।

पहिलो विकेटको रुपमा निकोलस डाभिनलाई रन आउट गराएको नेपालले दोस्रो विकेट जेपी कोड्जेलाई बोल्ट आउट गरायो । नेपालका कप्तान रोहीत पौडेलले जेपी लाई आउट गरे यसअघि दिपेन्द्रसिंह ऐरीले रन आउट गराए ।

यसअघि कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ५६ बजे

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र