उद्योग दर्ता गरेवापत घुस माग गर्ने अधिकृत रंगेहात पक्राउ « Khabarhub

उद्योग दर्ता गरेवापत घुस माग गर्ने अधिकृत रंगेहात पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडास्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका अधिकृत (आठौं तह) चन्दनकुमार अमात्य घुस रकमसहित पक्राउ परेका छन् ।

उद्योग दर्ता गर्नका लागि आइई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनका लागि लिएको ५० हजार घुस रकमसहित अमात्य पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले अमात्यलाई आइतबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घुस लिइसकेपछि कार्यालय परिसरबाटै पक्राउ परेका अमात्यमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०० बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो