‘म्याकुरी’ को प्रष्टोक्ति : श्रीमतीबाट पीडित भएँ, बाउ बन्न सक्दिनँ ! « Khabarhub

‘म्याकुरी’ को प्रष्टोक्ति : श्रीमतीबाट पीडित भएँ, बाउ बन्न सक्दिनँ !


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमती सुम्निमा खालिङले लगाएको घरेलु हिंसाको आरोप कलाकार पवन खतिवडा ‘म्याकुरी’ले खण्डन गरेका छन् । उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी आफू नै उल्टै श्रीमतीबाट पीडित भएको दाबी गरे ।

अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै तथ्य नभएको उनको दाबी छ । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले उल्लेख गरे ।

पवनले भने, ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ ।’

सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।

सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्यभन्दा टाढाको रहेको दाबी गरे । मदिरामा खाएर घर–टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए ।

उनले भने, ‘सुधार केन्द्रले पनि उनलाई सुम्निमा राख्न सकेनौं निकाल्नु पर्‍यो भनेर फोन गरेको थियो ।’ दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।

सुम्निमा अन्य मानिसको उक्साहटमा लागेको जिकिर गर्दै पवन थप्छन्, ‘मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ । मलाई सुम्निमालाई उकास्नेहरुले घरमै आएर आक्रमण पनि गरे ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : १२ बजे

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै