‘म्याकुरी’ को प्रष्टोक्ति : श्रीमतीबाट पीडित भएँ, बाउ बन्न सक्दिनँ ! | Khabarhub Khabarhub

‘म्याकुरी’ को प्रष्टोक्ति : श्रीमतीबाट पीडित भएँ, बाउ बन्न सक्दिनँ !


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमती सुम्निमा खालिङले लगाएको घरेलु हिंसाको आरोप कलाकार पवन खतिवडा ‘म्याकुरी’ले खण्डन गरेका छन् । उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी आफू नै उल्टै श्रीमतीबाट पीडित भएको दाबी गरे ।

अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै तथ्य नभएको उनको दाबी छ । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले उल्लेख गरे ।

पवनले भने, ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ ।’

सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।

सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्यभन्दा टाढाको रहेको दाबी गरे । मदिरामा खाएर घर–टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए ।

उनले भने, ‘सुधार केन्द्रले पनि उनलाई सुम्निमा राख्न सकेनौं निकाल्नु पर्‍यो भनेर फोन गरेको थियो ।’ दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।

सुम्निमा अन्य मानिसको उक्साहटमा लागेको जिकिर गर्दै पवन थप्छन्, ‘मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ । मलाई सुम्निमालाई उकास्नेहरुले घरमै आएर आक्रमण पनि गरे ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : १२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार