पाकिस्तानी निर्वाचनमा अनियमितता भएकोबारे छानबिन गर्न राष्ट्रसंघीय महासचिव गुटरेजको आग्रह | Khabarhub Khabarhub

पाकिस्तानी निर्वाचनमा अनियमितता भएकोबारे छानबिन गर्न राष्ट्रसंघीय महासचिव गुटरेजको आग्रह


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा सम्पन्न निर्वाचनमा भएको भनिएको अनियमितताबारे वैधानिक हिसाबमा स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आग्रह गरेका छन् ।

राष्ट्रसंघीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेजका प्रवक्ता स्टेफान डुजारिचले निर्वाचनमा भएका विवादको शान्तिपूर्ण समाधान निकालिनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार उनले त्यहाँका राजनीतिक दलका नेताहरुलाई मुलुकमा शान्ति कायम गर्न आग्रह गर्दै कुनै पनि किसिमको हिंसा वा तनाव बढाउने गतिविधिमा संलग्न नहुन पनि आह्वान गरेका छन् ।

डुजारिचले पाकिस्तानमा विकसित घटनाक्रमबारे महासचिव गुटेरेजले चासोपूर्वक जानकारी लिइरहेको पनि स्पष्ट पारे । पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन सम्पन्न भएपनि नयाँ सरकार गठनबारे अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ०३ बजे

रवि लामिछानेको मुद्दामा सरकारी वकिलको जवाफी बहस : आजै हुनसक्छ आदेश

गण्डकी – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी

अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक

काठमाडौं – हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडको मौसम सफा

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

दाङ – लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

न्युजिल्यान्ड – न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।