कांग्रेस महासमिति बैठक आज सकिँदै, छलफलमा उठेका प्रश्नको सभापति देउवाले जवाफ दिने « Khabarhub

कांग्रेस महासमिति बैठक आज सकिँदै, छलफलमा उठेका प्रश्नको सभापति देउवाले जवाफ दिने


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा गत सोमवारदेखि जारी बैठकमा मंगलबार प्रस्तुत गरिएका पाँच प्रतिवेदनमाथि हिजो समूहगत छलफल सकिएको छ ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार हिजोको समूहगत छलफल पछि तीन ठाउँबाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को एक हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन् ।

समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले आज बिहान पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् ।

त्यसपछि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले जवाफ दिएपछि आजै अपराह्न समापन समारोह गरिने विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकको दोस्रो दिन मंगलबार पाँच वटा प्रतिवेदन पेश भएका थिए । जसअनुसार उपसभापति खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनहरूमा विभिन्न चार समूह बनाएर छलफल गरिएको थियो । हरेक सदस्यलाई धारणा राख्न ५ मिनेटको समय दिइएको थियो ।

छलफलका क्रममा महासमिति सदस्यहरूले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राखेका थिए ।

यस्तै, उनीहरूले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै  पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने विषयमा सुझाव दिएका छन् ।

महाधिवेशनमा देशभरबाट दुईहजार बढी प्रतिनिधिहरू सहभागी छन् ।

यो पनि…
गगन–विश्व सहकार्यमा तगारो, शर्माले रोजे देउवाको छहारी  

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ४७ बजे

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती