एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आ पनि जारी रहने छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि जारी सातौँ  बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजना माथि आज टोली प्रमुखले आआफ्नो समूहमा भएको छलफलको निष्कर्ष सुनाउने छन् ।

बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए । जसमा ९ समुहमा छलफल गरिएको हो ।

सोही समूहले आज प्रतिवेदनको निचोड सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि बैठक आज सकिने एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : २३ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच