१८ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन « Khabarhub

 १८ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पर्कमा नआए वा हाजिर नभए कानुनी प्रकृत्या पूरा गरी सेवाबाट हटाइने छ ।’

आज एक सूचना जारी गरी प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका-३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखरढुङ्गा सिशिचरण-९ का प्रबह धनबहादुर भुजेल, प्रसह मनकुमार खड्का, प्रसह महेस पासी, प्रसह रञ्जीतकुमार सिंह, प्रापज यमन राम्जाली, प्रापज अभिषेक सुबेदी, प्रापज राम विक, प्रहरी जवानहरु अशोक कुमार, मेगबहादुर पाण्डे, मनिष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनिषकुमार झा, सुमनकुमार बस्नेत, निरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  २ : ३६ बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल