कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु « Khabarhub

कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाली कांग्रेसको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत फागुन ७ गतेदेखि सुरु भएको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा सुरु गरिएको उक्त अभियानमा पार्टीका केन्द्रीय नेता एवं महासमिति सदस्यले हस्ताक्षर गरे । बाह्र बुँदे सङ्कल्प प्रस्ताव तयार गरी सुरु गरिएको अभियानमा उद्यमशील युवा कांग्रेस निर्माण गर्ने, अबको १० वर्षमा विकसित देश बनाउने, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण गर्ने, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्ने, पार्टीमा युवालाई आरक्षणको व्यवस्था गर्ने उल्लेख छ ।

यस्तै प्रदेश र प्रतिनिधिसभामा समानुपातिक व्यवस्था खारेज गर्नुपर्ने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय पर्यटकको सङ्ख्या बढाउनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन र काठ उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्ने, रोजगारीको सिर्जना र युवालाई  सीप सिकाउने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ ।

यसैगरी पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको आवधिक अधिवेशन र समयसापेक्ष परिचालन गर्नुपर्ने, कृषिमा आधुनिकरण र विकासमा प्राथमिकता दिनुपर्ने र पार्टीमा आर्थिक पारदर्शिता र जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने उल्लेख छ ।

संयोजक कर्णले पार्टीभित्रका युवालाई उद्यमशील बनाई देशको आर्थिक विकासमा लगाई समृद्ध मुलुक निर्माणका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ५९ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष