कांग्रेसका प्रदेश प्रमुखको प्रतिवेदन : असन्तुष्टि र आत्मरतिको पुलिन्दा  | Khabarhub Khabarhub

कांग्रेसका प्रदेश प्रमुखको प्रतिवेदन : असन्तुष्टि र आत्मरतिको पुलिन्दा 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महासमिति बैठकमा बोल्ने पदाधिकारीहरूले नेपाली कांग्रेसका लागि कांग्रेस नै अवसर र चुनौती भएको बताएका छन् । चुनावका बेला कांग्रेसकै घात अन्तर्घातका कारण पार्टी पराजित हुने गरेको भन्दै पार्टीमा गुट उपगुटलाई साम्य बनाउनुपर्ने धारणा राखे । 

नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टी बलियो बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराए । उनले पार्टीमा युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको स्पष्ट गरे । 

सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु सकारात्मक भएको जानकारी गराए । ‘मुलुकको राजनीति चौतर्फी घेराबन्दीमा परेका बेला पार्टीका जिम्मेदार नेता कार्यकर्ताबाट यति धेरै चिन्ता र चासो आउनुलाई हामीले सार्थक बहस ठानेका छौ ।’ बलायरले भने ।

बलायरले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा नल्याएको भए देशको हालत के हुने थियो? भन्ने प्रश्न गरे ।  ‘देशको वस्तुस्थिति बुझेर वृहत शान्ति सम्झौताको माध्यमबाट क्षति न्यूनिकरण भयो । जंगलमा रहेको माओवादीलाई संसदभित्र हामीले लगेको हो । कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्तावेजको रुपमा दिएका छौं ।’ बलायरको तर्क छ ।

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्ने बताए ।   नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक भएको र यसलाई निष्ठापूर्वक लागू गर्नुपर्नेमा जोड दिए । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिनु हतार हुने उनको भनाइ थियो । 

‘गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो । यो तत्कालीन समयले माग गर्ने विषय हो यो ।  अहिलेनै गर्ने नगर्ने अलि हतार हुन्छ ।  तीनै प्रस्तावलाई चलायमान र गतिशील बनाउनुपर्छ’ उनले भने । 

मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यहरूले निर्वाचन क्रममा बढ्दो अन्तर्घात कम गर्न सकेको खण्डमा पार्टी बलियो हुँदै जाने र टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त भएको बताए ।  टिकट नपाएका साथीहरूले नै अर्को साथीलाई हराउन लागेका कारण अन्तर्घात बढेको उल्लेख गर्दै उनले भने, टिकट पाउने फिल्डमा खटिन्छ भने नपाउने हराउन लाग्छ । 

कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएकोमा मधेश प्रदेशका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन । यादवले आफूहरूको निष्कर्ष सुनाउँदै भने, महाधिवेशन र महासमिति बीच दुई वर्ष फरक गर्नुपर्छ । यसो गर्दा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक जीवनका समस्या समाधान गर्न पहल गर्ने, सरकार–पार्टीबीच समन्वय, शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्नुपर्नेलगायतका मागहरु उठेको जानकारी गराए । 

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहमा पार्टी संरचना बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउने गरी काम गर्ने सुझाव आएको बताए । 

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने जानकारी गराएको बताए । गैरआवासीय नेपालीलाई पनि मताधिकार दिलाउने विषयमा जोडतोडका साथ एजेण्डा उठेको पुनको प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ५ : १४ बजे

अफगानिस्तानमा सडक दुर्घटना : ११ जनाको मृत्यु, चार घाइते

एजेनसी – दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा राजमार्ग दुर्घटनामा कम्तीमा ११

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री