गठबन्धनप्रति कांग्रेसको प्रतिवद्धता, सुशासनमा सरकारलाई सघाउने « Khabarhub

गठबन्धनप्रति कांग्रेसको प्रतिवद्धता, सुशासनमा सरकारलाई सघाउने


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस महासमिति बैठकले गठबन्धनलाई निरन्तरता दिने विषयमा पूर्ण प्रतिवद्धता जनाएको छ । महासमितिको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन प्रति नेपाली कांग्रेस इमानदार रहेर अघि बढ्ने बताए । उनले निर्वाचनमा कसरी जाने भन्ने छलफलमा रहेको स्पष्ट पारे । 

उनले कांग्रेसले महासमिति बैठकमार्फत ९ बुँदे संकल्प प्रस्ताव जारी गरेको बताए । उक्त प्रस्तावमा तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ । यसैगरी किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएको समस्याप्रति संवेदनशील भई पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाइएको छ ।

 वर्तमान गठबन्धन सरकारमार्फत भ्रष्ट्राचार, बेथिति र विसंगति विरुद्ध सञ्चालित अभियानमा कांग्रेसले कृतसङ्कल्पित रही ऐक्यवद्धता जनाएको छ । उसले सङ्क्रमणकालीन न्यायको विषय र शान्तिप्रक्रियाका बाँकी काम शीघ्र सम्पन्न गर्ने संकल्प दोहोर्‍याउँदैन अर्थतन्त्र सुदृढका लागि लागि पर्ने स्पष्ट गरेको छ । 

 

 

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : १६ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित