मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै पार्टीले धारणा तय गर्ने « Khabarhub

मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै पार्टीले धारणा तय गर्ने


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ । 

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भएपछि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बालकुमारी घटना श्रम मन्त्रालयसँग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उनले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको उनले बताए । प्रवक्ता खतिवडाले यस विषयमा आन्तरिक रुपमा छलफल भएपनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे ।

बैठकमा समसामायीक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशन तयारीका बारेमा छलफल भएको उनले बताए । सचिवालय बैठक फाल्गुन १४ गते पुन बस्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ५० बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी