मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै पार्टीले धारणा तय गर्ने « Khabarhub

मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै पार्टीले धारणा तय गर्ने


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ । 

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भएपछि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बालकुमारी घटना श्रम मन्त्रालयसँग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उनले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको उनले बताए । प्रवक्ता खतिवडाले यस विषयमा आन्तरिक रुपमा छलफल भएपनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे ।

बैठकमा समसामायीक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशन तयारीका बारेमा छलफल भएको उनले बताए । सचिवालय बैठक फाल्गुन १४ गते पुन बस्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ५० बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध