‘बागी ३’ मा श्रद्धा बन्दैछिन् एयर होस्टेज, टाइगर श्राफले विशेष तालिम लिने ! | Khabarhub Khabarhub

‘बागी ३’ मा श्रद्धा बन्दैछिन् एयर होस्टेज, टाइगर श्राफले विशेष तालिम लिने !


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – श्रद्धा कपूर आफ्नो फिल्मी करिअरमा धेरै खाले भूमिका निभाएकी छिन् । उनी अब सिल्भर स्किृनमा एयर होस्टेसको भूमिकामा देखिने चर्चा छ ।

भारतीय मिडियाका अनुसार श्रद्धाले आफूलाई यो भूमिकामा ढाल्नका लागि पूरै तरिकाले तयारी गरिरहेकी छिन् । बागी टिमले श्रद्धालाई भूमिकामा ढाल्नका लागि तयारी समेत थालिसकेको छ ।

यो फिल्मको छायांकन सेप्टेम्बरबाट शुरु हुनेछ । पहिले मुम्बई र त्यसपछि आगरामा छायांकन हुने यो फिल्मका केही दृश्य विदेशमा समेत छायांकन हुने टिमले जनाएको छ ।

यही फिल्मका लागि टाइगर श्राफ इजरायल गएर विशेष खालको तालिम लिँदैछन् । उनले फिल्मका लागि विल्ड मेसिन, शटगन र अन्य हतियार पनि चलाउन सिक्दैछन् ।

श्रद्धा कपूरले पनि फिल्ममा स्टन्ट गरेको देखिनेछ । फिल्म नबन्दै चर्चामा रहेको यो फिल्मका दुई भाग सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ३० बजे

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा