डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय « Khabarhub

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय भएको छ ।

४० वर्षीय आल्भेजलाई बिहिबार बार्सिलोनास्थित अदालतले साढे ४ वर्षको जेल सजाय सुनाएको हो ।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबी गरेपनि २३ वर्षीय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पीडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । 

आल्भेजका वकिलहरूले भने आफूहरूले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ११ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो