सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका-४ का २७ वर्षीय किरण थापालाई  पक्राउ गरिएको हो । 

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ । 

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला निजलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ४४ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।