सांसदमा विवाद, बैठक स्थगित « Khabarhub

सांसदमा विवाद, बैठक स्थगित


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोप प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले विधेयक पास गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले असहयोग गरेको आरोप लगाएपछि सुरु भएको सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोपले बैठक स्थगित गरिएको छ । 

केसीको धारणापछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए । 

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे । 

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।  

यसपछि सांसद प्रभु साहले रौतहटमा हुने मधानी यज्ञसहितका विषयमा बोले । यसपछि बालेका राजेन्द्र बजगाईंको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाए, बोल्न समय मागे । तर, सभामुख देवराज घिमिरेले कसैलाई पनि बोल्ल्न समय दिएनन्, बारम्बार सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर, प्रतिपक्षी दलका सांसद नबसेपछि सभामुख घिमिरेले शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : १८ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख