प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेट | Khabarhub Khabarhub

प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेट


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । 

शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो । 

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए । 

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासीय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ता हुन ।

भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफूहरू यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि  प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्रीसँगको भेटमा एनआरएनए निवर्तमान उपाध्यक्ष एवं अभियन्ता डिबी क्षेत्री, उपाध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनएका सल्लाहकार शनि कु

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : ३८ बजे

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै

अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु,

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका

प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दृष्टिविहीन महिला विश्वप क्रिकेटः अमेरिका १७ रनमा अलआउट, चार बलमै नेपालको जित

काठमाडौं – क्रिकेटमा असम्भव केही छैन । भारतमा जारी दृष्टिविहीन