बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल « Khabarhub

बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए। उनका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो । 

चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताए। 

बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०-१२ जना भारत जाने गरेका भन्दै डा पौडेलले युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने बताए। उनका अनुसार निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार अस्पतालले काम गरिरहेको छ ।

अस्पतालले जग्गा उपलब्ध गराउने जनाउँदै डा पौडेलले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा युनिट निर्माण गरिने बताए। भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमलगायत व्यवस्था चीन सरकारले उपलब्ध गराउने उनको भनाइ थियो । 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १ : ०२ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका