सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र बैतडीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बैतडीकाे डिलासैनी गाउँपालिका-१ घारडामा सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार डिलासैनी गाउँपालिका-१ धौला बस्ने ५० वर्षीय गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिप चालकको
प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  २ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले