जिरीमा रुखले किचेर एक महिलाको मृत्यु  « Khabarhub

जिरीमा रुखले किचेर एक महिलाको मृत्यु 


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको जिरी नगरपालिका वडा नम्बर-९ ठुलोपातल लहरेमानेमा एक महिलाको रुख काट्ने क्रममा सो रुखले किचेर मृत्यु भएको छ ।

शुक्रबार ठुलोपातल निवासी स्थानीय जितविर तामाङ र उनकी अन्दाजी ३८ वर्षीय श्रीमती अनिता तामाङ आफ्नै घर नजिकको बारीमा रुख काट्न गएको र आधा रुख काटेर दुवै जनाले डोरीले सोही रुख तान्नेक्रममा रुखको माथिल्लो भाग भाँचिएर श्रीमतीको टाउकोमा लाग्दा गहिरो चोट लागेको र घाइते तामाङलाई उपचारको लागि जिरी अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ।

बिहान करिब १०:३० बजेको समयमा घटना घटेपछि प्रहरीलाई स्थानीयले १२ बजे खबर गरेका थिए । मृत तामाङको शव आफ्नै घरमा रहेको हुँदा प्रहरी घटना स्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : १५ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक