अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँगको सीमालाई मान्यता नदिने « Khabarhub

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँगको सीमालाई मान्यता नदिने


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको तालिबान सरकारले पुनः पाकिस्तानसँगको सीमालाई मान्यता नदिने घोषणा गरेको छ । तालिबान सरकारमा उपविदेशमन्त्री रहेका शेर अब्बास स्टनिकजाइले आफूहरुले ड्युरन्ड लाइन भनिने पाकिस्तानसँगको सीमालाई मान्यता नदिने घोषणा गरेका हुन् ।

लोगर प्रान्तमा सोभियत संघका सैनिक अफगानिस्तानबाट बाहिरिएको ३५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै स्टनिकजाइले अफगानिस्तान–पाकिस्तानबीचको सीमालाई नमान्ने घोषणा गरेका हुन् ।

सन् १८९३ मा तत्कालीन बेलायती शासन रहेको भारतका प्रतिनिधि सर मोर्टिमर ड्युरण्ड र अफगानिस्तानका आमिर अब्दुर रहमान खानबीच दुई मुलुकबीचको सीमा छुट्याउन २ हजार ४ सय किलोमिटर रेखा खिचिएको थियो । सोही सीमा रेखालाई ड्युरन्ड लाइन भन्ने गरिन्छ ।

खामा प्रेसका अनुसार त्यसयता अफगानिस्तानको सत्तामा आएका प्रायः सबै सरकारले यस सीमालाई मान्यता नदिने बताउँदै आएका छन् ।

यस सीमाले अफगानिस्तान र पाकिस्तान दुबैतर्फ बसोबास गर्ने पश्तुन जातीय समुदायको साँस्कृतिक एवम् पारिवारिक सम्बन्धमा बाधा उत्पन्न गरेको अफगान पक्षको बुझाइ रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  २ : ४० बजे

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

काठमाडौं– नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको