दुई दिनदेखि बेपत्ता गोपाल ढकालको शव फेला « Khabarhub

दुई दिनदेखि बेपत्ता गोपाल ढकालको शव फेला


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरबाट बेपत्ता एक ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला परेको छ। तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकालको शव फेला परेको हो।

उनी दुई दिनअघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका थिए। आज उनको शव भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै फेला परेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी बसन्त पाठकका अनुसार ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको छ। शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीको आसंका रहेको छ।

उनी यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएकोमा घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएको थियो। त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो। प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको जनाएको छ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : ५९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार