‘एकताका लागि दौड’ प्रतियोगितामा सम्पन्न « Khabarhub

‘एकताका लागि दौड’ प्रतियोगितामा सम्पन्न


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

कर्णाली–  ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन्।

नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् ।

एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका छन् । एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका गुरुङले तृतीय स्थान हात पारेका छन् । 

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रतियोगिताका प्रथम कुँवरलाई रु ३५ हजार, योगीलाई रु २५ हजार र आशिष गुरुङलाई रु १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । त्यसैगरी, पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  

दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम, जुम्लाका द्वितीय र तृतीय स्थान जुम्लाका समिता बुढा राज्यलक्ष्मी रावलले प्राप्त गरेका छन्। प्रथम, द्वितीय र तृतीय हुने रावत, बुढा र रावललाई क्रमशः रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । 

पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय बिक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन बिक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अजय, दीपेन्द्र र सुजनलाई रु दश, पाँच र तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका विमला कार्की र उर्मिला खनालले प्राप्त गरेका छन् । उक्त दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुढा, कार्की र खनाललाई रु दश, पाँच र तीन हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १ : २९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई