‘संविधानको मर्मअनुसार नेतृत्व नजाँदा समस्या उत्पन्न भयो’ « Khabarhub

‘संविधानको मर्मअनुसार नेतृत्व नजाँदा समस्या उत्पन्न भयो’


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजाँदा मुलुकमा समस्या भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रित गरेर जाँदा जनतामा निराशा छाएको बताए । 

दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे ।  संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको उनले बताए ।

 दाहालले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने धारणा राखे ,

उनले प्रशासनीक, राजनीतिक र वित्तीय आर्थिक क्षेत्रमा सुशासन आवश्यक रहेको भन्दै यी क्षेत्रको समग्र सुधारले मुलुकमा सुशासन कायम हुन सक्ने बताए । 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : ०४ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी