जन्तेढुङ्गाका सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदै « Khabarhub

जन्तेढुङ्गाका सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदै


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक  स्वास्थ्य इकाई स्थापना गरिएको थियो । विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका छ सामुदायिक स्वास्थ्य इकाईमध्ये चारवटा बन्द भएका छन् । 

स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्यचौकी सरह सेवा दिनेगरी गाउँपालिकाले छ स्थानमा इकाई स्थापना गरिएकामा अहिले जन्तेढुङ्गा–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइमात्र सञ्चालनमा छन् । 

स्वास्थ्य इकाइको उचित व्यवस्थापनमा गाउँपालिका प्रशासनले बेवास्ता गर्दा वडा नं ४ डम्बर्खुशिवालयस्थित बाम्राङ र कात्तिके सामुदायिक स्वास्थ्य इकाई, वडा नंं ५ चिसापानीको खुटा छिरुवाधारा र मातेपानी सामुदायिक स्वास्थ्य इकाई बन्द भएका जन्तेढुङ्गा–४ का वडाध्यक्ष विदुरमान राईले जानकारी दिए। राजनीतिक स्वार्थका कारण इकाई बन्द गरिएका उनले आरोप लगाए ।  

खुटाछिरुवाधारामा विसं २०७७ कातिक २७ गते र कात्तिकेमा विसं २०७७ फागुन ५ गते विशेष समारोहका बीच स्वास्थ्य इकाई स्थापना गरिएको थियो । उद्घाटन भएको केही समयसम्म सञ्चालन भएर बन्द गरिएका ती इकाइबाट अहिले गाउँघर क्लिनिक र खोप सेवामात्र सञ्चालन हुने गरेका स्थानीय बताउँछन् । 

खुटाछिरुवा धारामा इकाई सञ्चालनका लागि गाउँपालिकाको लगानीमा भवनसमेत बनाइएको थियो । अघिल्लो स्थानीय सरकारले स्थापना गरेका इकाईमध्ये आवश्यकीय स्थानलाई निरन्तर सञ्चालन गरिएको भन्दै अनावश्यक स्थानकालाई बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए। उनका अनुसार जनशक्ति राख्ने आन्तरिक श्रोत नभएकाले अनावश्यक ठाउँका सामुदायिक स्वास्थ्य इकाई बन्द गरिएको हो ।

जनशक्ति तथा आवश्यक उपकरण, फर्निचरलगायत सामग्रीको व्यवस्थापन नगरी स्थापना गरिएका चार इकाइबाट हाल गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएको गाउँपालिकाले जनाएको छ । 

बामोल सामुदायिक स्वास्थ्य इकाई भने स्थापना भए पनि उद्घाटन भएर सञ्चालन नै नभएको स्थानीय बताउँछन् । 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ४० बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)