मङ्गोलियामा चिसोबाट २० लाख बढी पशुको मृत्यु | Khabarhub Khabarhub

मङ्गोलियामा चिसोबाट २० लाख बढी पशुको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

उलान बातोर – मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशुको निधन भएको छ । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर चिसोका कारण कम्तिमा २० लाख २ हजार पशुको निधन भएको छ ।

दिजुजू मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ । जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौ पशुपक्षीको निधन भएको छ ।

देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकेको छ । संसारमा अन्तिम जीवित घुमन्ते देश (नोमाडिक) देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ।

भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : ४३ बजे

इपिएस सम्झौताको १७ वर्ष : कोरियामा बढी कामदार पठाउने मुलुक नेपाल

काठमाडौं – पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको