यस्तो बनेर आयो ‘मारुनी’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो बनेर आयो ‘मारुनी’ को ट्रेलर (भिडियो)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘मारुनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलरमा पुष्प खड्का र साम्राज्ञी केन्द्रीय भूमिकामा छन् । साम्राज्ञीले पुष्पलाई पाउन गरिएका कथालाई ट्रेलरमा समावेश गरिएको छ । यस्तै ट्रेलरमा रेविका गुरुङलाई पनि देखाइएको छ ।

फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेका छन् । फिल्ममा पुनप गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । निर्देशक नेपाललाई फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।

मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको यो फिल्म आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ५५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५