संसदमा सुनील शर्माले किन सघाए ज्ञानेन्द्र शाहीलाई ? | Khabarhub Khabarhub

संसदमा सुनील शर्माले किन सघाए ज्ञानेन्द्र शाहीलाई ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा कांग्रेस सांसद सुनील शर्माले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सघाएका छन् ।

आइतबार प्रतिनिधि सभामा शाहीले बोल्दा सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकमा केही बेर तरङ्ग पैदा भएको थियो ।

सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटा र माओवादीलाई लक्षित गर्दै बोलेका थिए । उनले आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पत्ति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए । त्यो बेला माओवादीलाई लक्षित गर्दै  बोलेको भनेर  माओवादीका प्रमुख सचेतक पाण्डे उठेर नियमापत्ति गर्दै ती शब्द आपत्तिजनक भएकाे जनाए ।

त्यसपछि कांग्रेस सांसद सुनील शर्माले उठेर माओवादीका प्रमुख सचेतक पाण्डेलाई पच्छाउँदै एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने नियम भएको बताए र शाहीको पक्ष  लिए ।

संसद् शर्माले पाण्डेलाई हेर्दै भने, ‘मलाई सरकारले थुनेर छुटेपछि संसद्मा आएर बोल्ने बेला पनि उहाँले त्यसै गरी नियमापत्ति जनाउनु भएको थियो । संसदीय नियमावली पढ्याैँ ।’

शर्मा र पाण्डे सत्तापक्षकै सांसद हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : १६ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।