रौतहटमा ४ किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

रौतहटमा ४ किलो गाँजासहित एक जना पक्राउ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

बिशेष सूचनाको आधारमा गुजरा- ४  लाल बकैया नदीको बाँधमा आइबार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक टोलीले  चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४  किलोग्राम लागुऔषध गाँजा बरामद भएको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेका अन्सारी गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरको हिरासतमा रहेका र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्याय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ३८ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब