इजरालयमै थन्कियो नेपाली जहाज, मन्त्रीलाई झाडू बोक्दै ठिक्क | Khabarhub Khabarhub

इजरालयमै थन्कियो नेपाली जहाज, मन्त्रीलाई झाडू बोक्दै ठिक्क



नेपाल एयरलाइन्सलाई सरकारले झण्डै ३१ अर्ब लगानी गरेको देखिन्छ । अहिले नेपाल वायु सेवा निगम ४८ अर्बभन्दा बढी घाटामा, ऋणमा डुबेको छ । साउँको त कुरै छोडौं, चार वर्षदेखि ब्याज तिर्न सकेको छैन ।

वाइडबडी र न्यारोबडीको ३४ अर्बको ब्याज अहिलेसम्म तिर्न सकेको छैन, जुन ऋण सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको थियो । निगममा भएका चारवटा जहाजमध्ये दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा छन् ।

निगमलाई आन्तरिक उडानका लागि ६ वटा चिनियाँ विमान लिइएको थियो । ती ६ वटा चिनियाँ जहाज वाई–१२ र एम–१६ तत्कालीन अवस्थामा झण्डै ८ अर्ब रुपैयाँमा लिइएको थियो । अहिले लिलाममा राख्दा ३८ करोडमा बिक्री हुन सकेका छैनन् । त्यसको ग्राउण्डेड चार्ज नै एक अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने देखिएको छ । एउटा ट्विनअटर विमान बिग्रिएर १० वर्षदेखि ग्राउण्डेड भएर बसेको छ ।

निगममा १२ सय कर्मचारीहरु स्थायी र आउटसोर्सिङबाट झण्डै ८ सय कर्मचारी छन् । भर्खरै वर्तमान पर्यटनमन्त्री (सुदन किराती) बाट ६२ जना नयाँ कर्मचारीलाई करार र ज्यालादारीमा नियुक्ति गरेर राखिएको छ । जसको हाजिर गरेर कहाँ जाने, कहाँ आउने, के गर्ने थाहा छैन । हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ ।

यी तथ्यांकका बावजुद पनि पर्यटनमन्त्री नयाँ प्लेन किन्नुपर्‍यो भनेर लाग्नुभएको छ । अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो, कुन अवस्थामा लाने हो, योबारे सोच्नुपर्ने जरुरी भइसकेको छ । दुई–तीनवटा ट्विनअटर क्यानडाबाट ल्याउने अहिले निर्णय गरिएको छ । नेपाल वायु सेवा निगमको आफ्नै समितिले अहिले यी जहाजहरु ल्याउन सक्ने अवस्था छैन भन्दा टेण्डर एक महिना अगाडि खोलिएको छ ।

‘रिपोर्ट अनक्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । जुन जहाजहरु अहिले प्रोडक्सनमा छैनन्, ३००जी भन्ने प्लेन अहिले ल्याइँदैछ, जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसलाई ल्याएर झण्डै १८ करोड नेपाली रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।

तैपनि म देख्दैछु, मन्त्रीज्यू असाध्यै सुधार गर्न लागेको आभाष मिलेको छ । एउटा झाडू र क्यामेरा लिएर मन्त्रालयमा प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्दतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टीभी लिएर पुगेर भिडियो हाल्दिएपछि सबभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने ? यसमा सरकारको ध्यान जाओस् ।

सरकारले सुशासनका नाममा ल्हारक्याल लामाजस्ता मान्छेलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको छ । गौतम बुद्ध शान्तिका दूत, शान्तिका दूतका नाममा लकरमा गोली राख्ने मान्छेलाई नियुक्ति गरेपछि देशको हालत के होला ? नेपालका मन्त्रीहरुले व्यक्तिगत स्वार्थमा काम गर्न थाले भने मुलुक कहाँ जाने हो ?

कामका आधारमा होइन, दामका आधारमा नियुक्ति हुन थालेको छ, यसमा घोर आपत्ति छ । चाहे नेपाल एयरलाइन्समा होस्, चाहे पशुपति विकास कोषमा होस्, चाहे लुम्बिनी विकास कोषमा होस्, भएका नियुक्तिहरु एकचोटि हेरियोस् । अदालतले पनि कतिपय ठाउँमा खारेज गरिदिएको छ । नियुक्ति हुन पाएको छैन, ९९ वर्षका लागि लिजमा जग्गा विदेशीलाई दिने परम्पराको सुरुवात भयो ।

केही दिन पहिले इजरालयमा एउटा न्यारोबडीको प्लेन पठाइयो । जुन प्लेन आज १४० दिनदेखि ग्राउण्डेड भएर बसेको छ । इजरायलको आईएआई भन्ने कम्पनीमा एग्रिमेन्ट भएर त्यो न्यारोबडीको प्लेन ल्याइएको थियो । बनाउनका लागि पठाइयो । ९० दिनसम्म बनिएन भने अर्को इञ्जिन हालेर पठाउने एग्रिमेन्टमा उल्लेख छ । तर, आज १४० दिनसम्म त्यो प्लेन त्यहाँ थन्किएर बसेको छ । आजसम्म ल्याउन सकिएको छैन । तैपनि नयाँ प्लेन किन्ने, नयाँ टेण्डर गर्ने, अरु भाडामा ल्याउने, आफूसँग भएका नचलाउने । यो प्रवृत्तिले नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउन खोजिएको हो ?

नेपालका सुरेशलाल श्रेष्ठ भन्ने कम्पनीका एजेण्ट नियुक्ति गरिएको छ । टेण्डर गर्न लागिएको प्लेनका एजेण्टहरु मिलेर नयाँ कम्पनीलाई फेरि नयाँ इञ्जिन ल्याउने नाममा कमिसनका खेलहरु भइराखेका छन् ।

चारतारे होटल बनाउने खेल

त्यतिमात्र होइन, पर्यटन मन्त्रालयमा अहिले २ स्टार होटललाई ४ स्टारको अनुमति दिन लागियो । चारतारे बनाउन त्यसको आइईई भएको छ कि छैन, हेरिन जरुरी छ । त्यसमा कतिवटा कोठा छन्, हेर्न जरुरी छ । मापदण्डहरु पूरा भएको हुनुपर्छ । ती कुनै पनि मापदण्ड नहेरी दुईतारेलाई चारतारे होटल बनाउन अनुमति दिइराखिएको छ, यो पनि आपत्तिजनक छ ।

(प्रतिनिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं सत्तारुढ नेपाली कांग्रेसमा सांसद रामहरि खतिवडाले आइतबार संसदमा व्यक्त मन्तव्यको अंश)

यो पनि-
विमानस्थल निजीकरण : माफिया पोस्ने ‘सेटिङ’

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ११ बजे

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन– माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका

कानुनमन्त्रीको जवाफ : रवि लामिछानेले सहकारी प्रकरणमा कमोजरी गरेको तथ्य भेटिएको छैन

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहकारी

‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’

काठमाडौं– फिल्म ‘पुजार सार्की’का नायक पल शाहले वृद्ध ‘लुक्स’को दुई

गण्डकी सरकारविरुद्धको मुद्धा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको

कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण

काठमाडौं– चालु आर्थिक वर्ष(आव)को १० महिनामा सरकारले ९८ अर्ब बढी