सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काभ्रे – सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मदन बहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय दुर्गा बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

सवारी ज्यान मुद्दाअर्न्तगत मदन बहादुर दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते २ हजार रुपैंया सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। अदालतको फैसालापछि उनी फरार रहेका थिए।

त्यस्तै, सवारी ज्यान मुद्दामा दुर्गा बहादुर तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ भदौ ३१ गते २ हजार रुपैयाँ सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अदालतको फैसालपछि उनी फरार रहेका थिए।

फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले फाल्गुण १३ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ४९ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित