प्रधान सेनापति र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेट « Khabarhub

प्रधान सेनापति र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेट


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोहन सी एक्यूलिनियोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। 

२०८० फाल्गुण १२ गते नेपालको तीनदिने भ्रमणमा आएका उनलाई जङ्गी अड्डामा प्रधान सेनापतिले स्वागत गरेका थिए। उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

ग्लोबल पिस अप्रेसन इन्टेटिभ (गोपी)को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ०८ देखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ। उनले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते अवलोकन गरेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : १७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर