वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा « Khabarhub

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गाेलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एक/एक गोल गरे ।

खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियाे । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएकाे थियाे ।

खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याएकी थिइन् ।  राेमाञ्चक बनेकाे खेलमा प्रितीले खेलकाे अतिरिक्त समयमा सुन्दर गाेल गर्दै नेपाललाई २-१ जित दिलाइन् ।

नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रितीले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयाे ।

अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियाे ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।

तस्विर : पश्चिम एशियाली फुटबल महासंघ

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १२ : ४४ बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको