शुक्लागण्डकीका भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइने « Khabarhub

शुक्लागण्डकीका भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशैँसम्म लालपूर्जा दिने बताएकी छन् ।

लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग सोमबार भेटघाट गर्दै मन्त्री अर्यालले दशैँसम्म सबैलाई लालपुर्जा दिएर दशैँ खुशी साथ मनाउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताइन् ।

अव्यवस्थित जग्गाको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले काम गरिरहेको भन्दै मन्त्री अर्यालले उक्त काम सकिने बित्तिकै भूमिहीनलाई लालपुर्जा वितरण गरिने बताएकी हुन् ।

मन्त्रिपरिषद्ले अव्यवस्थित जग्गाको समस्या समाधानका लागि निर्णय गरिसकेकाले उक्त निर्णय कार्यान्वयनका लागि कर्मचारीले खुट्टा कमाउन नहुने उनले बताइन् ।

सो अवसरमा मन्त्री अर्यालले भूमिमा अनेक खालका चलखेल हुने भन्दै शुक्लागण्डकीमा पनि त्यसको प्रयास भएको सूचना पाएको बताइन् ।

यस क्षेत्रका ८ सय घरधुरी बासिन्दा लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०५६ मा दर्ता प्रक्रियामा रहेका उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपुर्जा पाउन सकेको थिएनन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : २४ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका