सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ ? « Khabarhub

सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ ?


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सपनाका विषयमा केही भ्रम र केही यथार्थ हुन्छ भन्ने मान्यतामा मानिसहरु हुन्छन् । कसैको सपनाको फल तत्काल मिल्छ भन्ने भ्रम पनि पालेका हुन्छन् । यति हुँदा पनि कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषय सवैलाई जानकारी नहुन सक्छ ।

सपना देख्नु स्वभाविक हो, कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ।

कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ ।

ज्योतिष शास्त्रअनुसार सपनामा आफ्नै विवाह भएको देख्दा के कस्तो फल मिल्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ । यदि कोही व्यक्ति सपनामा विवाह वा त्यससँग सम्बन्धित अन्य कुनै वस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ ।

सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ। तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ।

यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ। विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ। सामान्यतया आफूले देखेको सपनाको फल विपनामा ठिक विपरित हुन्छ भन्ने मान्नेता राखिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १४ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका