कुशलको अर्धशतक, आरिफ सेख ३१ रनमा आउट « Khabarhub

कुशलको अर्धशतक, आरिफ सेख ३१ रनमा आउट


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन् । उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।

कुशलसँग राम्रो साझेदारी गरेका आरिफ सेख भने ३१ रनमा आउट भए । ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । आक्रामक ब्याटिङ गरेका गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपालले १८ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १६५ रन बनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ५६ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार