राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा केही असर पर्दैन : सञ्चारमन्त्री शर्मा « Khabarhub

राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा केही असर पर्दैन : सञ्चारमन्त्री शर्मा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् ।

उनले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरी कुरा राख्ने समझदारी बनेको र यस विषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरिन् । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभएर समझदारी बनेको भएपनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ छ । शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन् ।

त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताए । निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै वर्ष गठबन्धन चल्ने उनले बताए । राष्ट्रियसभा अध्यक्षको दाबीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

उनले गठबन्धनभित्र केहि समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ४४ बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि