राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा केही असर पर्दैन : सञ्चारमन्त्री शर्मा « Khabarhub

राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा केही असर पर्दैन : सञ्चारमन्त्री शर्मा


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् ।

उनले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरी कुरा राख्ने समझदारी बनेको र यस विषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरिन् । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभएर समझदारी बनेको भएपनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ छ । शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन् ।

त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताए । निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै वर्ष गठबन्धन चल्ने उनले बताए । राष्ट्रियसभा अध्यक्षको दाबीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

उनले गठबन्धनभित्र केहि समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ४४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका