भरतमोहन अधिकारीको स्मृति दिवसमा चन्द्रागिरिका विद्यार्थीलाई सिपमूलक तालिम « Khabarhub

भरतमोहन अधिकारीको स्मृति दिवसमा चन्द्रागिरिका विद्यार्थीलाई सिपमूलक तालिम


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौँको चन्द्रागिरिमा विद्यार्थीलाई लक्षित गरेर सिपमूलक तालिम दिन सुरु गरेको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको फाउण्डेशनकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् ।

इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर लगाएतका सिपमूलक प्राविधिक तालिम सिकाइने र नगरका अन्य विद्यालयहरुपनि क्रमश सिपमूलक प्राविधिक तालिम सञ्चालन गरिने उनले बताइन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सिप सिकाइको विकास गराउनका लागि फाउण्डेशनले सिप विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । उनले नेपालमा केही हुँदैन भन्दै युवाहरुमा निराशा छाएको भन्दै त्यसलाई चिर्न विद्यालयस्तरदेखि नै सीपमूलक कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राखिन् ।

त्यस्तै चन्द्रागिरी नगरपालीकाका प्रमुख घनश्याम गिरीले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्न लागेको जानकारी दिए । उनले विद्यालयमा सुरु गरिएको सिपमूलक प्राविधिक तालिमलाई नगरले पूर्ण रुपमा सहयोग गर्ने बताए । त्यस्तै समाजसेवी रमेश प्रसाईले योग्य युवा बनाउन किताबी ज्ञानमात्रै नभई प्राविधिक ज्ञान आवश्यक रहेको बताए । विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मेका अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै आफ्नो गाउँ आफैँ बनाऔं कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुवात गरेका थिए । यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : ३६ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका