भरतमोहन अधिकारीको स्मृति दिवसमा चन्द्रागिरिका विद्यार्थीलाई सिपमूलक तालिम « Khabarhub

भरतमोहन अधिकारीको स्मृति दिवसमा चन्द्रागिरिका विद्यार्थीलाई सिपमूलक तालिम


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौँको चन्द्रागिरिमा विद्यार्थीलाई लक्षित गरेर सिपमूलक तालिम दिन सुरु गरेको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको फाउण्डेशनकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् ।

इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर लगाएतका सिपमूलक प्राविधिक तालिम सिकाइने र नगरका अन्य विद्यालयहरुपनि क्रमश सिपमूलक प्राविधिक तालिम सञ्चालन गरिने उनले बताइन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सिप सिकाइको विकास गराउनका लागि फाउण्डेशनले सिप विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । उनले नेपालमा केही हुँदैन भन्दै युवाहरुमा निराशा छाएको भन्दै त्यसलाई चिर्न विद्यालयस्तरदेखि नै सीपमूलक कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राखिन् ।

त्यस्तै चन्द्रागिरी नगरपालीकाका प्रमुख घनश्याम गिरीले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्न लागेको जानकारी दिए । उनले विद्यालयमा सुरु गरिएको सिपमूलक प्राविधिक तालिमलाई नगरले पूर्ण रुपमा सहयोग गर्ने बताए । त्यस्तै समाजसेवी रमेश प्रसाईले योग्य युवा बनाउन किताबी ज्ञानमात्रै नभई प्राविधिक ज्ञान आवश्यक रहेको बताए । विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मेका अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै आफ्नो गाउँ आफैँ बनाऔं कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुवात गरेका थिए । यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : ३६ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड