बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडा निर्देशन | Khabarhub Khabarhub

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडा निर्देशन


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौद्रिक नीतिमा अनुरुप नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण प्रदान गर्न निर्देशन दिएको छ ।

सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले कृषि ऋणका सम्बन्धमा मौद्रिक नीतिमा अनुरुप कर्जा प्रदान गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको ऋण ७ दिनभित्रै उपलब्ध गराउन र ऋण दिन नमिल्ने भएमा के कारणले दिन नसकिएको हाे ग्राहकलाई जानकारी दिन पनि निर्देशन दिएको छ ।

यस्तै कृषि ऋण दिँदा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कृषिमा कूल कर्जाको एकतिहाइै कर्जा लगानी गर्नैपर्ने निर्देशन जारी गरेको छ । कूल कर्जाको एक तिहाई कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसो नभएमा नपुग रकममा २०७७ सालको असार मसान्तदेखि लघुवित्त संस्थाले गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जना तिराइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : २९ बजे

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने