बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडा निर्देशन « Khabarhub

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडा निर्देशन


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौद्रिक नीतिमा अनुरुप नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण प्रदान गर्न निर्देशन दिएको छ ।

सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले कृषि ऋणका सम्बन्धमा मौद्रिक नीतिमा अनुरुप कर्जा प्रदान गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको ऋण ७ दिनभित्रै उपलब्ध गराउन र ऋण दिन नमिल्ने भएमा के कारणले दिन नसकिएको हाे ग्राहकलाई जानकारी दिन पनि निर्देशन दिएको छ ।

यस्तै कृषि ऋण दिँदा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कृषिमा कूल कर्जाको एकतिहाइै कर्जा लगानी गर्नैपर्ने निर्देशन जारी गरेको छ । कूल कर्जाको एक तिहाई कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसो नभएमा नपुग रकममा २०७७ सालको असार मसान्तदेखि लघुवित्त संस्थाले गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जना तिराइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : २९ बजे

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा- झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू