सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

गोर्खा पत्रकार समाजका पदाधिकारीहरूसँग आज भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरि उक्त विधेयक पारित गरिने बताए। साथै उनले लागूपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको बताएका छन् ।

सञ्चारक्षेत्रले युवावर्गमा बढ्दो लागूपदार्थ सेवनप्रतिको कुलत अन्त्य गर्न पालिकास्तरबाटै चेतना अभिवृद्धिका गतिविधिमा सघाउनुपर्ने बताए। उनले बेरोजगारीका कारण युवावर्ग कुलतमा फसेका भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न सञ्चारकर्मीले अभिप्रेरित गर्नुपर्नेमा जोड दिए।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक रुपमा सम्पन्न परिवारका सन्तान युरोप, अमेरिकालगायत मुलुकमा उच्च शिक्षाका निम्ति जाने गरेका तथा विपन्न वर्गका छोराछोरी आर्थिक उपार्जनका निम्ति खाडी मुलुकमा पुग्ने गरेका भन्दै देशको शैक्षिक प्रणालीलाई अन्तरराष्ट्रियस्तरको बनाउन सकेमा शिक्षाका निम्ति बाहिरिने क्रम कम हुने बताए। 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : ४६ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा