बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ : प्रधानमन्त्री


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम भूमिका हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले भने ‘देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।’

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययनको लागि अनुपम स्रोतको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्ययापन संरक्षण तथा संवर्द्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उहाँले सुझाव दिएका छन्  ।

बौद्ध संस्कृति, कला, विहार तथा  गुम्बा संसारकै लागि आकर्षणका सम्पदाहरू भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान सम्वर्द्धन र प्रवर्द्धनबाट देशको गरिमा बढ्नुको साथै धार्मिक तीर्थस्थलको रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकहरूका लागि आकर्षण गर्न सकिने बताएका छन् । 

विभिन्न विदेशी विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस कार्यलाई अझ वृद्धि गर्दै बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी जानुपर्छ भन्ने भाष्य विश्वभर विकास हुने र यसको जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयले लिनुपर्ने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : २० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित