बिहान प्रधानमन्त्रीसँग त्रिपक्षीय भेट गरेका खनाल र विप्लवबीच फेरि भेटवार्ता « Khabarhub

बिहान प्रधानमन्त्रीसँग त्रिपक्षीय भेट गरेका खनाल र विप्लवबीच फेरि भेटवार्ता


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त्रिपक्षीय भेटवार्ता गरेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव सिबीच आजै साँझ फेरि भेटवार्ता भएको छ ।

डल्लुस्थित खनालनिवासमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकतामा देखिएका समस्या र सम्भावना र अन्य समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका दुई नेताबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री खनाल वामपन्थी एकताका पक्षमा खुल्ला बहस गर्दै आएका छन् । मुलुकमा पुनः वामपन्थी एकताको चर्चा चुलिएका बेला भएको भेटवार्तालाई निर्क चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ०९ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले