प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा « Khabarhub

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा गरेर उक्त उपाधिमा कब्जा जमाएका हुन् ।

यो उपाधिसँगै धावक मगरले पुरस्कारस्वरुप रु तीन लाख र यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् ।सशस्त्र प्रहरी बलका सहायक हवल्दार किरणसिंह बोगटीले दुई घण्टा २३ मिनेट १५ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थानसहित रु दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाली सेनाका प्यूठ राजन रोकायाले उक्त दौड दुई घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गरेर तेस्रो स्थानसहित रु एक लाख प्राप्त गरेका छन् । प्रतियोगितामा दशौँ स्थान हासिल गर्न सफल धावकलाई रु पाँच हजारदेखि ५० हजारसम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।

एक्काइस किलोमिटर हाफ महिला म्याराथन, सोही विधामा पुरुष स्पर्धा, सैनिक महाविद्यालयका छात्रछात्रातर्फको १० किलोमिटर दौड, सैनिक अधिकृत महिला र पुरुष तथा सैनिक सहचारी कार्यालयका पदाधिकारीको १० किलोमिटर दौडका विजयीलाई पनि पदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

विभिन्न विधामा विजयी भएका धावकलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, अवकाशप्राप्त महारथी राजेन्द्र क्षेत्री, बलाधिकृत रथी अशोकराज सिग्देललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : २३ बजे

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका