हमास प्रतिनिधिमण्डल युद्ध विरामबारे वार्ता गर्न कायरोमा | Khabarhub Khabarhub

हमास प्रतिनिधिमण्डल युद्ध विरामबारे वार्ता गर्न कायरोमा


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

कायरो – सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न आइतबार कायरो आइपुगेको छ ।

आधिकारिक सुरक्षा स्रोतले जनाए अनुसार हमासका उपप्रमुख खलिल अल-हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता शुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।

अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउने लगायतका विषय समावेश हुनेछन् ।

यसैगरी इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरी २०० जना भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : १४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका