साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिडन्त « Khabarhub

साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिडन्त


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।

ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो ।

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् । प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने बिहिबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शीर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : ३० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६