ग्यास्ट्रिक र अल्सर कस्तो रोग हो ? कसरी थाहा पाउने ? « Khabarhub

ग्यास्ट्रिक र अल्सर कस्तो रोग हो ? कसरी थाहा पाउने ?


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ग्याष्ट्रिकको समस्या आम नेपालीको समस्याको रुपमा परिचित छ । धेरै नेपालीमा ग्याष्ट्रिकको समस्या भएकाले कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ।

ग्याष्ट्रिक र अल्सर भएको कसरी थाहा पाउने ?

हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ। त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन्। कसैलाई आमाशयमा मात्र असर गर्ने ग्यास्ट्रिक हुन्छ। एसिडले कसैलाई पेट अथवा आमाशय र सानो आन्द्रामा घाउ बनाई अल्सर गराउँछ। चिकित्सकीय भाषामा ग्यास्ट्रिक र योसँग मिल्ने रोगलाई ‘एसिड पेप्टिक डिसअर्डर’ भन्ने गरिन्छ।

ग्यास्ट्रिकको मात्रै समस्या भएको बिरामीलाई इन्डोस्कोपी गराउँदा घाउ देखिदैन । तर अल्सर भएको बिरामीलाई इन्डोस्कोपी गर्दा घाउ देखिन्छ ।

यस्तै ग्यास्ट्रो एसोफेगल रिफ्लेक्स डिजिज एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ। जसले गर्दा पेटमा रहने एसिड माथि छाती र घाँटीमा आउन थाल्छ, त्यसलाई जिइआरडी भनिन्छ। यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्केको महसुस हुने, छाती पोल्ने, छाती दुख्ने, अमिलो पानि आउने, डकार बढेर आउने आदि समस्या देखिन्छ। विशेषगरी सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ।

पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल आउने गर्छन्। पेटका हरेक रोग ग्यास्ट्रिक वा अल्सर हुँदैन। कहिलेकाहीँ भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी गर्दा केही पनि खराबी नदेखिने तर पेट फुल्ने, असजिलो हुने र पेट दुख्ने भइरहन्छ। केही काम गर्दा भन्दा नगर्दा, यसै बस्दा बढी समस्या भएको भान हुन्छ।

चिन्ता, टेन्सन वा अत्तालिएको अवस्थामा यस्तो समस्या बढेर आउँछ। यसलाई‘आइबिएस इरिटेबल बावल सिन्ड्रोम भनिन्छ। यो समस्या धेरै मानिसमा देखिन्छ। ग्यास्ट्रिक र आइबिएस दुवैमा समान लक्षण देखिने भएकाले मानिसले यी दुई समस्याबीच भिन्नता छुट्याउन सक्दैनन् र ग्यास्ट्रिक भयो भन्ने गर्छन्।

समस्याको सही पहिचान नहुँदा मानिसले आइबीएसमा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन्।

ग्यास्ट्रिक र अल्सरका कारण

–धूमपान एवं सुर्तीजन्य पदार्थको सेवान,

–नदुख्ने औषधि, बाथरोगका औषधि आदिको नियमित सेवन,

–जंकफुड,

–चिल्लो, अमिलो, पिरो र अजिनामोटो राखेको खानेकुराको प्रयोग,

–चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान,

–अल्सर गर्ने किटाणु (एच पाइलोरी) को संक्रमण,

ग्यास्ट्रिक र अल्सरका बिरामीले के खाने, के नखाने ?

के खाने ?

–गिलो बनाएको दालभात,

–प्रसस्त पानी,

–हरिया सागसब्जी ।

के नखाने ?

–सुक्खा खानेकुरा,

– अचार, खुर्सानी, घिउ, अमिलो दही,

–रातो मासु,

–तेल तथा घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन ।

–अमिलो फलफूल, कागती,

–दूध हालेको चिया,

– कफी, चकलेट,

–चना, केराउ,

–कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स।

बारम्बार दूध चिया खाइरहने, समयमा खाजा नखाने, दुई छाकले २४ घन्टा टार्न खोज्ने जस्ता बानीले धेरैलाई ग्यास्ट्रिकको जोखिममा पार्ने गरेको छ। सही खानपानकै माध्यमले ग्यास्ट्रिक र अल्सरजस्ता समस्याबाट ढाटा बस्न सकिन्छ। ३–४ घन्टाको फरकमा केही न केही खाइरहने गर्नुपर्छ। सकेसम्म पेटलाई खाली राख्नु हुँदैन।

यसो भन्दैमा चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता पनि दिनु हुँदैन। यस्तै, नियमित व्यायाम र समस्या देखिए उचित औषधि सेवन गरेर ग्यास्ट्रिक र अल्सरबाट मुक्ति पाउन सकिन्छ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ४५ बजे

राई–लिम्बु समुदायलाई प्रतिनिधिसभामा पुर्‍याउन सकिन, माफी चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो