नयाँ गठबन्धनको बैठक जारी « Khabarhub

नयाँ गठबन्धनको बैठक जारी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको हो ।

बैठकमा गठबन्धनमा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी जसपा नेपाललगायत दलका शीर्षस्थ नेताहरुको उपस्थिती छ । बैठकले मन्त्रीहरुको सङ्ख्या, जिम्मेवारी, गठबन्धनको मोडालिटी पनि टुङ्ग्याउने गठबन्धनका एक नेताले जानकारी दिए ।

यसअघि गठबन्धनले ४ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव छन् ।

आज सानो आकारको मन्त्रिपरिषद गठन गरी मन्त्रीहरुको सपथ पनि आजै गर्ने गठबन्धनको तयारी छ । नयाँ मन्त्रीहरुको सपथका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ३४ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका