ह्याम्स अस्पतालले शुरु गर्‍यो एयर एम्बुलेन्स सेवा | Khabarhub Khabarhub

ह्याम्स अस्पतालले शुरु गर्‍यो एयर एम्बुलेन्स सेवा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धम्बाराहीमा रहेको ह्याम्स हस्पिटलले एयर एम्बुलेन्स सेवा शुरु गरेको छ ।  अस्पतालले आफ्नो छतमा रहेको हेलिप्याडबाट सोमबार एयर एम्बुलेन्स सेवा शुरु गरेको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण्डर्ड विभाग, सिनामंगलबाट अनुमति लिएर ह्याम्स अस्पतालको छतमा नव निर्मित हेलिप्याडमा एयर डाइनेस्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्वुलेन्स सेवा शुरु गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, प्रा.डा. भगवान कोईराला, प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले संयुक्त रुपमा एयर एम्बुलेन्स सेवा उद्घाटन गरेका हुन् ।

नेपालको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्वुलेन्स सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष राम शरण भण्डारीले बताए ।

हेलिकोप्टर एयर एम्वुलेन्स सेवामा विगत ७ बर्ष देखि सक्रिय डा.संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट विरामी ल्याउन एयर एम्वुलेन्सको रुपमा हेलिकोप्टर सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए ।  उनले भेन्टिलेटरको माध्यमबाट इर्मजेन्सी सेवाका विरामीहरु ल्याउन पनि हेलिकोप्टर सेवा उपयुक्त हुने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : २८ बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा